सुन भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

१३ मंसिर २०७८, सोमबार ११:३७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, आइतबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने तोलामा १० रुपैयाँ बढेर १ हजार २२० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*