एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको नाफा बढ्दा न्याभ बढ्यो

१३ मंसिर २०७८, सोमबार ०९:५०

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया डाइनामिक डेप्ट फण्डको कात्तिक मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । फण्डले सार्वजनिक गरेको कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरणमा फण्डको न्याभ १७ पैसाले बढेर १० रुपैयाँ ८३ पैसा कायम भएको छ ।

साथै कात्तिक मसान्तमा फण्डको सूचिकृत शेयरमा लगानी पनि बढ्न पुगेको छ । अघिल्लो महिनामा ८ करोड ७१ लाख ३८ हजार रुपैयाँ रहेको सूचिकृत शेयरमा लगानी यस अवधिमा बढवेर ९ करोड ५१ लाख ८८ हजार पुगेको छ ।

साथै कात्तिक मसान्तमा फण्डको खुद सम्पत्ति पनि बढेर ५४ करोड १४ लाख पुगेको छ । अघिल्लो महिनामा फण्डको खुद सम्पत्ति ५३ करोड २८ लाख रहेको थियो ।

त्यस्तै, फण्डको यस अवधिमा नाफा पनि ह्वात्तै बढेको छ । अघिल्लो महिनामा २ करोड ९९ लाख मात्र नाफा गरेकोमा यस अवधिमा ३ करोड ७९ लाख नाफा आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*