थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

१२ मंसिर २०७८, आईतवार १६:५९

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ६०४ जनामा पीसीआर परीक्षण गर्दा १५४ जनामा र २ हजार ३२४ जनामा एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्युु भएको छ भने ३४२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार १६६ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*