एशियन लाइफको गाईघाट उपशाखाको स्तरोन्नती गरी शाखा संचालनमा

१२ मंसिर २०७८, आईतवार १६:१०

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सले उदयपुरको गाइघाटमा ४६ औं शाखा संचालनमा ल्याएको छ । गाईघाट उपशाखा कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो ।
कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले एक समारोहका बीच आइतबार शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा वहाँले शाखा कार्यालयबाट बीमितलाई अझै छिटोछरितो बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रमको अवसरमा कम्पनीको डेप्युटी रिजनल म्यानेजर महेन्द्र प्रसाद सिंह, गाईघाट शाखा प्रबन्धक बालकुमार राई, वरिष्ठ अभिकर्ता,बीमित लगायतको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*