मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१२ मंसिर २०७८, आईतवार १५:४९

मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गत बुक क्लोज गर्ने गरेसँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः१५ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*