नेप्सेमा उच्च अंकको गिरावट, ५ अर्बको कारोबार हुँदा सबै उपसूचक राताम्य

१२ मंसिर २०७८, आईतवार १५:१५

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ विन्दुमा कायम भएको छ ।

आज नेप्से २.९४ प्रतिशतले घट्दा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक निर्जीबन बीमा समूह र जीवन बीमा समूहको घटेको छ ।

त्यस्तै, कारोबार खुम्चिए पनि सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको बैंकको आज एकैदिन २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज आइसिइफसि फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*