सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

१२ मंसिर २०७८, आईतवार १४:४२

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो ।

कम्पनीले शेयरको न्यूनतम मुल्य ५५० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले न्यूनतम १ सय कित्ता देखी अधिकतम सम्पूर्ण कित्ता माग गरि कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*