अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच तुलनात्मक अध्ययन,अजोड बलियो, सानिमा जनरल कमजोर

१२ मंसिर २०७८, आईतवार १४:००

काठमाडौं । नयाँ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले बीमा समितिको प्रावधान अनुसार १ अर्ब चुक्ता पुँजी पुराईसकेको छ। तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गरिसकेका छन् ।

तीनवटै कम्पनीको तुलनात्मक अध्ययन गर्दा अजोड इन्स्योरेन्सको अधिंकाश सूचक सकारात्मक देखिन्छ । वृद्धिदरको आधारमा हेर्ने हो भने पनि कम्पनीको वृद्धि निकै राम्रो रहेको तथ्याङ्कले देखाएको छ।बीमापोष्टले गरेको तीनवटै कम्पनीको तुलनात्मक अध्ययन यस प्रकार रहेको छ,

चुक्ता पुँजीको आधारमा

चुक्ता पुँजीको आधारमा हेर्दा तीनवटै कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुराईसेका छन् । तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गरिसकेका छन् । दोस्रो बजारमा तीनवटै कम्पनीको निरन्तर रुपमा कारोबार भईरहेको छ ।

जगेडा कोषको आधारमा जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा तीन कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा अजोड इन्स्योरेन्सको जगेडा कोष बलियो रहेको देखिन्छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १० करोड १५ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, दोस्रोमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको जगेडा कोषमा १० करोड ४७ लाख रुपैयाँ रहेको छ। जनरल इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।

बीमा कोषको आधारमा

बीमा कोषको आधारमा जनरल इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीको बीमा कोषमा १२ करोड रुपैयाँ रहेको छ। त्यस्तै, अजोड इन्स्योरेन्सको ११ करोड ६९ लाख रुपैयाँ र सानिमा जनरल बीमा १० करोड रुपैयाँ ४९ लाख रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जन आधारमा
कुल बीमाशुल्कको आधारमा तीन कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा अजोड इन्स्योरेन्सको अग्रता रहेको तथ्याङ्कले देखाएको छ । अजोड इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले २५ करोड रुपैैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

खुद बीमाशुल्क आर्जनको आधारमा

खुद बीमाशुल्क आर्जनको आधारमा तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा अजोड इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १० करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, जनरल इन्स्योरेन्सले ७ करोड २९ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ६ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद मुनाफाको आधारमा

पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा जनरल इन्स्योरेन्स मुनाफाको आधारमा अग्रस्थानमा रहेको छ ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ३ कराुड ८३ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सको मुनाफा २ करोड ४३ लाख रुपैयाँ र अजोड इन्स्योरेन्सको १ करोड १० लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*