रिलायन्स लाइफ इन्स्योरेन्समा ठूलो संख्यामा रोजगारीको अवसर

१२ मंसिर २०७८, आईतवार ११:५९

कागठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो सख्यांमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रिय कार्यालय, शाखा।उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधीमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले क्षेत्रीय प्रबन्धकमा बागमती प्रदेश अन्तर्गतको काठमाडौं क्षेत्रीय कार्यालयामा र क्षेत्र प्रबन्धकको लागि प्रदेश नम्बर २ को वीरगंज क्षेत्रीय कार्यालयका लागि कर्मचारी माग गरेको छ ।

साथै शाखा प्रमुखका लागि प्रदेश नम्बर १ को दमक, उर्लाबारी, चैनपुर, धरान, रंगेली, प्रदेश नम्बर २ को गौर, लालबन्दी, बागमती प्रदेशको पुतली सडक, कीर्तिपुर, चरिकोट, नारायणघाट, पर्सा, गैडाकोट, दलदले, गीतानगर, चनौली, माडी र गण्डकी प्रदेशको लेखनाथ, दमौली कार्यालयको लागि कर्मचारी माग गरेको छ ।

साथै बागमति प्रदेशको चाबहिल काठमाडौं र लुम्बिनी प्रदेशको बुटवल शाखा कार्यालयका लागि बजार प्रतिनिधी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको इमेलमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*