सुन तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

१२ मंसिर २०७८, आईतवार ११:४५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार भने तोलामा १५ रुपैयाँ घटेर १ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*