नेको इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

१२ मंसिर २०७८, आईतवार ११:१०

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

कम्पनीको असार ३१ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

कम्पनीले असार १७ गतेसम्म शेयर अभौतिकीकरण भएका शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिसकेको हुदाँ सो पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमश उक्त बोनश जम्मा गरिने जनाएको छ । साथै हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*