नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन

१२ मंसिर २०७८, आईतवार १०:४९

काठमाडौं । नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक मूहतर्फबाट संचालकमा पौडेललाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको संचालक समितिको मंसिर १० गते बसेको ५८१ औं बैठकले संस्थापक शेयरधनी एन.बी. (इन्टरनेशनल) लि. को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका पौडेलको पदावधी मंसिर १४ गतेसम्म बहाल गरेको हुँदा पौडेललाई आगामी साधारण सभा सम्मको लागि संचालक।अध्यक्षमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*