मौद्रिक नीतको समीक्षा मार्फत भएको केही व्यवस्थाले तरलता व्यवस्थापनमा सहयोग पुग्ने: नेपाल उद्योग परिसंघ

१० मंसिर २०७८, शुक्रबार १७:५९

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतको समीक्षा मार्फत भएको केही व्यवस्थाले तरलता व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै परिसंघले राष्ट्र बैंकले मौद्रिक नीतिका समीक्षामार्फत भएका केही नीतिगत व्यवस्थाले आलको तरलताको संकटलाई व्यवस्थापन गर्न टेवा पुग्ने धारणा राखेको हो ।

समीक्षामा उल्लेख व्यवस्थाहरुले आर्थिक क्षेत्रमा कोभिड–१९ को असर कमहुँदै गएकोले आर्थिक क्रियाकलापहरू विस्तार हुँदै जाने र विदेशीपर्यटकको आगमन बढ्न गई आर्थिक पुनरोत्थानमा सहयोग हुने अपेक्षा गरेको उल्लेख छ ।

मौद्रिकनीतिको समीक्षामार्फत चालु आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपातको प्रावधानलाई ९० प्रतिशत नै कायमगर्दै त्यसको कार्यान्वयनको खाका निर्माण गर्न बैंक तथावित्तीय संस्थाहरूलाई भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*