बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा

११ मंसिर २०७८, शनिबार १०:४८

काठमाडौं । शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ४८४ रुपैयाँ पुगेको छ। कारोबारको अन्तिम दिन यो कम्पनीको सेयरभाउ १९ रुपैयाँले उकालो लागेको छ।बजार पुँजीकरणको हिसाबले दोस्रो नम्बरमा नबिल बैंक रहेको छ। नबिल बैंकको कुल बजार पुँजीकरण २ खर्ब १२ करोड रुपैयाँ रहेको छ।

नेप्सेमा १३ करोड ८४ लाख कित्ता बढी सेयर सूचीकृत नबिलको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ५३८ रुपैयाँ कायम भएको छ। आज यो बैंकको सेयरभाउ ७ रुपैयाँले ओरालो लागेको छ। बजार पुँजीकरणका हिसाबले नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ। यो कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ।

चौथो स्थानमा कुल बजार पुँजीकरण १ खर्ब १० अर्बसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ भने १ खर्ब ७ अर्ब रुपैयाँको कुल बजार पुँजीकरणसहित नागरिक लगानी कोष पाँचौँ स्थानमा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*