थप २७० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मूत्यु

१० मंसिर २०७८, शुक्रबार १७:३२

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ८२९ पीसीआर परीक्षण गर्दा २४२ जनामा र २ हजार ६१७ जनामा एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मूत्यु भएको छ भने ३०२ जनामा संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार २८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*