जडीबुटी उत्पादन कम्पनीले आइपीओ जारी गर्ने

१० मंसिर २०७८, शुक्रबार १३:१५

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निकाष्शन गर्ने भएको छ । ४० वर्षअघि स्थापना भएको उक्त कम्पनीले ३ वर्षयता नाफा कमाउन सफल भएकोमा साधारण शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीका अनुसार कम्पनीले आर्थिक वर्ष २०७५।०७६ देखि नाफा कमाउन सफल भएको हो । सोही आवमा कर समेत तिरेर कम्पनीले नाफा मात्रै १ करोड ९२ लाख आर्जन गरेको थियो । त्यस्तै, आव २०७६।०७७ मा उक्त कम्पनीले १ करोड २२ लाख नाफा आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७७।०७८ मा पनि यस कम्पनी नाफामा नै रहेको छ । कम्पनीको यस वर्षको लेखापरीक्षणको काम भने भइरहेको छ । लेखापरिक्षणको काम सकिएपछि मात्र आइपीओ निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । यस कम्पनीले आर्थिक वर्ष २०७६।०७७ देखि आफ्ना शेयरधनीहरुलाई लाभांश समेत वितरण गर्न थालेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*