गैर आवासिय नेपालीहरुले नेपालको बैंकमा खाता खोल्ने पाउने, राष्ट्र बैंकले गर्यो यस्तो निर्णय

१० मंसिर २०७८, शुक्रबार १३:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति अनुसार विदेशमा रहेका नेपालीहरु अर्थात गैर आवासिय नेपालीहरुले अब अनलाईनबाटै खाता खोल्न सक्ने भएका छन् ।

केन्द्रीय मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत विदेशमा रहेका नेपालीहरुलाई सजिलै खाता खोल्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार उनीहरुले विदेशी रकम अर्थात डलरमै खाता खोल्ने पाउनेछन् । उनीहरुले नेपालमा सञ्चालन गरेको खाताबाट सजिलै आफ्नो खाताबाट रकम निकाल्न समेत पाउने गरी व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यसबाट नेपालबाट ठूलो मात्रामा रकम बाहिरिने जोखिममा भने बृद्धि हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*