शेयरधितो कर्जामा १२ करोडको सीमा नहटाउने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिको समीक्षा सार्वजनिक

१० मंसिर २०७८, शुक्रबार १२:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमाथि पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमाथिको समीक्षामार्फत शेयर धितोमा जारी एक जना व्यक्तिको नाममा एउटा बैंकबाट चार करोड र अधिकतम् १२ करोडको सीमा नहटाउने निर्णय गरेको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा यसअघि लागू गरिएको सो व्यवस्था हटाउने सम्बन्धमा थप संशोधन नगरेपछि पूर्ववत निर्णय नै लागू हुनेछ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जाको व्यवस्थामा सहुलियत नदिने निर्णय गरिएको प्रबक्ता देव कुमार ढकालले बताए ।

राष्ट्र बैंकका प्रबक्ता देव कुमार ढकालले पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरेका हुन् । राष्ट्र बैंकले वित्तीय क्षेत्रसमेत समस्त अर्थतन्त्रको हीत होस् भन्ने उद्देश्यले सेयर धितो कर्जामा ४÷१२ को नीति ल्याएको जनाउँदै यस पटकको समीक्षामा उक्त निर्णय हटाउन नसकिएको जनाएको छ ।

शेयर बजारमा सबैभन्दा बढि विरोध भइरहेको सो विषयमा अनावश्यक हल्ला र चर्चा गरेर केही पटक शेयर बजारको मूल्य घटाउने तथा बढाउने प्रयत्नहरु समेत भएका थिए । माफियाहरुले केही सातादेखि उक्त व्यवस्था हटाउन लागेको भन्दै शेयर मूल्य बढाउने प्रयत्न गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*