निरन्तर ओरालो लागेको सुन आज तोलामा २ सयले बृद्धि, प्रतितोला कति ?

१० मंसिर २०७८, शुक्रबार १२:२०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । केही दिन यता लगातार ओरालो लागेको सुन आज भने तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैया कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने तोलामा ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*