लक्ष्मी लघुवित्तको १० औं साधारण सभा आज हुँदै, २७.३७ प्रतिशत लाभाश पारित गर्ने एजेण्डा

१० मंसिर २०७८, शुक्रबार ११:१७

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र यस कम्पनीले अन्य इजाजतपत्र घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट २७ दशमलव ३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अगाडि लैजाने भएको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूजी ३२ करोड ४५ हजारको आधारणमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले सभा प्रयोजन र लाभांश प्राप्तका लागि कात्तिक ३० गते एक दिनका लागि बुक क्लोज गरेकाले कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*