सुनको मूल्य ओरालो लाग्दै, कतिले घट्यो आज ?

९ मंसिर २०७८, बिहीबार ११:४४

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य अकंले घटेको छ । हिजो ५ सय रुपैयाँले घटेको सुन आज थप १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*