प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

८ मंसिर २०७८, बुधबार १२:३७

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र नेपाल बे्रष्ट क्यान्सर फाउण्डेसनबीच बे्रष्ट क्यान्सर न्यूनीकरणका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात क्यापिटलले फाउण्डेसनसँग दि पिंर रिबन क्याम्पेन सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्नेछ ।

उक्त समझदारी पत्रमा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र फाउण्डेसनका डा. सुजिता हिराचनको हस्ताक्षर गरेका हुन् । समझदारीपश्चात् अब प्रभु क्यापिटलले प्रभु ऐश्र्य लगानी ब्यवस्थापन योजनमा ग्राहकको लगानी ब्यवस्थापन गरी प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ ।

साथै प्रभुले महिलाहरुलाई लक्षित गर्दै उक्त योजनामा सहभागि हुने महिला ग्राहकहरुले वार्षिक ब्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट पाउने र न्यूनतम ३ लाख रुपैयाँबाट लगानी ब्यवस्थापन सेवा सुरु गर्ने सक्नेछन् । न्यूनतम लगानी अवधि १ वर्षको रहेका छ भने मुनाफामा २० प्रतिशत शुल्क लाग्ने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*