एशियन लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

८ मंसिर २०७८, बुधबार १२:२६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा निवासी किसन बोहराको परिवारलाई बीमा दाबी वापतको १० लाख २३ हजार ७९५ रुपैयाँ हस्तान्तरण गरेको हो । उनको हृदयघातका कारण उनको मृत्यु भएको थियो ।

उक्त रकम बराबरको चेक स्थानीयको उपस्थितिमा क्षेत्रिय उप प्रमुख जयानन्द भट्ट, उप शाखा प्रमुख चक्रबहादुर, बरिष्ठ अभिकर्ता मदन धामीले मृतक बीमितकी श्रीमति आस्था बोहरालाई हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*