नेरुडे लघुवित्तले डाक्यो १५औं साधारण सभा, २२ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

८ मंसिर २०७८, बुधबार १२:०३

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष १० गते उद्योग संगठन मोरङको सभाहल बिराटनगर–२ मा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडि लैजाने छ ।

त्यस्तै, गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गरेकाले मंसिर २३ गते बिहिबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*