गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि १० लाख ऋणपत्र निष्काशन गर्ने

८ मंसिर २०७८, बुधबार ११:४२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै मंसिर १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने जनाएको हो ।

बैंकले ७ वर्षे अवधि रहेको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र १००० रुपैयाँका दरले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्रले हुन आउने ६० करोडको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता ऋणपत्रले हुन आउने ४० करोड ऋणपूँजी रकम सो मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्याएको समेत सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिनेछ ।

उक्त ऋणपत्रमा मंसिर १६ गतेदेखि छिटोमा मंसिर २० गते र ढिलोमा पुष १ आवेनद दिन सकिनेछ । आवेदकले न्यूनतम २५ कित्ता ऋणपत्रदेखि अधिकतम १ लाख कित्ता ऋणपत्रसम्मका लागि आवेदन सक्नेछन् ।

कम्पनीको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*