दुई दिनमै २१ सय रुपैयाँले घट्यो सुन, कतिमा हुदैछ कारोबार ?

८ मंसिर २०७८, बुधबार ११:१३

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । हिजो तोलामा १ हजार ६ सय रुपैयाँले घटेको सुन आज पनि तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*