१५ औं वर्षमा गरिमा विकास बैंक

७ मंसिर २०७८, मंगलवार १८:१६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज स्थापनाकालको १४ औं बसन्त पार गर्दै १५ औं बसन्तमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारि आज बैंकले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सो अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम गरी १ हजार १५५ प्वाइन्ट रगत संकलन गरेको थियो । बैंकले १५ औं बार्षिकोत्सवको अवसर पारेर आज एकै दिन ५ वटा शाखा कार्यालय बिस्तार समेत गरेको छ ।
आज बैंकले मोरङको पथरी, सुनसरीको झुम्का, ललितपुरको सातदोबाटो, काठमाडौंको माछापोखरी र बर्दियाको गुलरियामा एकैसाथ शाखा शुभारम्भ गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*