दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार
७ मंसिर २०७८, मंगलवार १६:३६
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा नयाँ शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।
उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि बैंकले स्थानीय ब्यवसायी होति देवि वलीलाई ब्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायतका सेवामा बैंकका ग्राहकहरुलाई सहयोग सहज र सरल हुने बिश्वास बैंकले लिएको छ ।
हाल देशभर बैंकले १७४ शाखा कार्यालय, ११३ शाखा रहित बैंकिङ इकाइ र १२३ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा पुराउदै आइरहेको छ ।