आइसिएफसि फाइनान्स सहित आज सर्वाधिक क–कसले गुमाए ?

७ मंसिर २०७८, मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ५०३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये एक समूह बाहेकका सबै उपसूचक राताम्य भएका छन् । नेप्से ३२ अंकले घट्दा सर्वाधिक गुमाउने कम्पनीमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको आज ५.८४ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै, एनआइबिएल प्रगति फण्डको ५.२५ प्रतिशत अंक, नारायणी डेभलपमेन्ट बैंकको ५.१६ प्रतिशत अंक र गुडविल फाइनान्सको ४.९४ प्रतिशत अंकले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*