सेन्चुरी बैंकको खाता खल्तीसँग लिङ्क गर्दा बोनस अफर

७ मंसिर २०७८, मंगलवार १४:१०

काठमाडौं । सेन्चुरी बैंकको खाता अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ सँग लिङ्क गराउँदा १०० रुपैयाँ बोनस प्राप्त गर्ने भएको छ ।

पहिलो पटक बैंकको अकाउन्ट खल्तीसँग लिङ्क गर्ने प्रयोगकर्ताले मात्र उक्त बोनस प्राप्त गर्नेछन् । उक्त बोनस प्राप्त गर्न खल्तीमा केवाइसी भेरिफाइड भएको हुनपर्दछ ।

साथै प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा राखिएको मोबाइल नम्बर एउटै हुनुपर्दछ । यो अफर मंसिर ३ गतेदेखि पुष ४ गतेसम्म लागू हुनेछ । साथै सय रुपैयाा बोनस प्राप्त सँगै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*