तारागाउँ रिजेन्सी होटलको संचालक परिर्वतन, कम्पनी सचिवमा टिकाराम विष्ट

७ मंसिर २०७८, मंगलवार १२:४४

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको संचालक फेरबदल भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा डिजा श्रेष्ठको स्थानमा जे.डि. श्रेष्ठलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिको बैठकले संस्थागत लगानीकर्ता आइसिटिसी होल्डिङ कम्पनीको तर्फबाट नियुक्त संचालक डिजा श्रेष्ठको राजिनामा स्वीकृत गरी रिक्त रहेको सो पदमा जे.डि. श्रेष्ठलाई नियुक्त गरको हो ।

साथै कम्पनीको असार २९ गते बसेको संचालकस समितिको बैठकले साविवको कम्पनी सचिव रमन कुमार कर्णको नियुक्ति खारेज गरी नयाँ कम्पनी सचिवमा टिकाराम बिस्टलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*