भरतपुर महानगरपालिकाको विकास देखेर अर्थमन्त्री आफैं चकित !

६ मंसिर २०७८, सोमबार १८:३८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा भएको विकासबाट आश्चर्य चकित भएको अभिव्यक्ति दिएका छन् । उनले देशको सबैभन्दा विकास भरतपुरमा भएको भन्दै सो क्षेत्रमा गरिएको पूर्वाधार विकासप्रति इर्ष्या गर्न लायक भएको बताए ।

चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत इर्ष्या जागेको बताएका हुन् ।

‘यो इष्र्या भनेको सकारात्मक इष्र्या हो, देशभर सवैले सिक्न लायक विकास हो’ उनले थपे ‘यहाँको विकास मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’ मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*