सन नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

६ मंसिर २०७८, सोमबार १४:३१

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले इलाम जिल्ला फाकफोकथुम–५ निवासी ३४ वर्षीय मृतक बीमित धनमाया दलार्मी मगरको परिवारलाई बीमा दाबी वापतको १० लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उनले करिब २ वर्षअघि ५ लाखको सावधिक जीवन बीमा गरेकी थिइन् ।

उक्त कार्यक्रममा क्षेत्रीय प्रबन्धक तुलसी पौडेल, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, फाकफोकथुम गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सिद्धमान आलेको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*