कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप घट्यो

५ मंसिर २०७८, आईतवार १९:१२

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोडले घटेको छ । त्यस्तै, एक महिनामा बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स संघले प्रकाशन गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपाल बैंकर्स संघका अनुसार २७ वाणिज्य बैंक मध्ये ८ वटा बैंकको निक्षेप संकलन बढेको छ। बाँकी बैंकहरूको घटेको छ। यस्तै कर्जाको माग ७ वटा बैंकमा घटेको र २० वटा बैंकमा बढेको छ। वाणिज्य बैंकहरुमा हाल कुल निक्षेप ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ छ।

बैंकहरुमा तरलता अभावका अधिकांश बैंकहरूले निक्षेपको व्याजदर बढाए पनि निक्षेप संकलन भने सो अनुसार भएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*