नेप्से ११ अंकले घट्दा ४ अर्बमा कारोबार सिमित, २ उपसूचक बाहेक सबै राताम्य

५ मंसिर २०७८, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज हाइड्रोपावर समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । साथै नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*