साताको पहिलो दिन सर्वाधिक कारोबार भएका टप १० कम्पनी

५ मंसिर २०७८, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से शुन्य दशमलव ४२ प्रतिशतले घट्दा सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेशनल हाइड्रोपावरको २३ करोड ८४ लाख, एनटिसीको २२ करोड ६२ लाख, हिमाल दोलखा हाइड्रोपावरको २१ करोड ५० लाख र अपर तामाकोशी हाइड्रोपावरको १५ करोड २५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*