५१ प्रतिशत लाभांश पारित गर्न इक्रा नेपालले डाक्यो नवौं साधारण सभा

५ मंसिर २०७८, आईतवार १४:४६

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर २९ गते एलोफ्ट काठमाडौं, ठमेलमा बस्ने गरी आह्वान गरेयको हो ।

उक्त सभाले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.३२ प्रतिशत नगद र २० प्रतिशत बोनस शेयर गरी कुल ५१.३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*