लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन

५ मंसिर २०७८, आईतवार १४:४०

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा आइतबार बिहान ९ बजे सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ दशमलव ४१ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभा प्रयोजन र लाभांश प्राप्तका लागि कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर ५ गतेसम्म बुक क्लोज गरेको थियो । जसअनुसार कात्तिक २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश प्राप्त गरेका छन् ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित र चालु आर्थिक वर्षको लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै सभाले संस्थापक समूहबाट कपिल ढकाल, प्रकाश बराल, बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रवाल र सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल गरी ६ जनाको नयाँ संचालक समिति समेत गठन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*