आइपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था

५ मंसिर २०७८, आईतवार ११:४९

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ ।

गत वर्षको सोही अवधिमा ७ करोड ७० लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा ५१.८१ प्रतिशतले घटेर ५ करोड ७ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको हो ।

साथै पहिलो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा समेत घट्न पुगेको छ । यस अवधिमा कम्पनीले ९ करोड २ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २९ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी संकलन गरेको थियो ।

साथै गत आवको यसै अवधिमा १२ करोड २२ लाख ४१ हजार रुपैयाँ संचालन मुनाफा कमाएको कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ३४ प्रतिशतले घटेर ८ करोड ५ लाख २० हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । कम्पनीको संचालन मुनाफा र खुद ब्याज आम्दानी घट्दा खुद नाफा घट्न पुगेको हो ।

कम्पनीको हाल कायम चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेकोमा कम्पनीले यस अवधिमा ३९ प्रतिशतले बढाएर ४८ करोड ११ लाख १६ हजार रुपैयाँ जगेडा कोषमा संचित गरेको छ ।

साथै कम्पनीले यस अवधिमा मूल्य आम्दानी अनुपात (सिडि रेसियो) समेत बढाएर १७१.८५ प्रतिशत पुर्याएको छ । कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर (आइपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति पत्र बुझाईसकेको छ । बोर्डबाट स्वीकृति पाएपश्चात कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*