उन्नती सहकार्य लघुवित्तको लाभांश संशोधन, ३०% बोनस दिने

५ मंसिर २०७८, आईतवार ११:२०

काठमाडाौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ ।

कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३ औं बैठकबाट पारित गत आर्थिक वर्षको ३२ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संचालक समितिले संशोधन गरेको हो ।

संचालक समितिको मंसिर ४ गते बसेको १७४ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १७ करोड ६१ लाख रुपैयाँको ३० प्रतिशत लाभांश स्वरुप बोनस शेयर प्रस्ताव गरिएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*