इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

५ मंसिर २०७८, आईतवार ११:११

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ४ गते बसेको संचालक समितिको ७३ औं बैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ३२ करोड रुपैयाँबाट २७.७० प्रतिशत बोनस शेयर र नगद लाभांश १.४६ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*