एनआईसी एशिया लघुवित्तको चौथो वार्षिक साधारण सभा भोलि , यस्ता छन् एजेण्डा

४ मंसिर २०७८, शनिबार १८:०९

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा भोलि हुने भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश प्राप्तका लागि कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर ५ गतेसम्म बुक क्लोज रहेको हुदाँ कात्तिक २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

उक्त सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयिक संशोधन गर्न, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले चालु आर्थिक वर्षको लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*