युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा क्षतीपुर्ती मुल्याङकन कर्ता तालिम सम्पन्न

३ मंसिर २०७८, शुक्रबार २३:३०

काठमाडौं । कृषि तथा पशुपन्छि बीमा क्षती मूल्याङकनकर्ताको ब्यवस्था गर्ने कृषि तथा पशुपन्छी बीमाको लागि युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अछाम र बाजरा जिल्ला तालीम सम्पन्न गरेको छ ।

कम्पनीले मंसिर १ गते ३ गतेसम्म सञ्चालन गरेको तालिममा १५ जना कृषि तथा पशु विषयमा प्रविणता गरेका प्रविधीक लगायत विभिन्न कम्पनीका कर्मचारीको सहभागिता रहेको थियो ।

क्षति मुल्याङकनकर्ताको तालीम पश्चात कृषि तथा पशुपन्छि बीमाको क्षतीको लागि तोकीएको सीमाभन्दा बढीको क्षती मूल्याङनकर्ताले मूल्याङकन गरि दाबि भुक्तानी गर्ने ब्यवस्थाबाट कृषि तथा पशुपन्छि बीमामा उल्लेख्य रुपमा सुधार हुने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*