मिर्मिरे लघुवित्तद्धारा आगलागी पिडितलाई खाद्यान्न सहयोग

३ मंसिर २०७८, शुक्रबार १५:२२

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगलागी पिडितलाई राहात प्रदान गरेको छ । संस्थाले सुनसरी जिल्लाको प्रकाशपुर शाखाका आवद्ध भइ लघुवित्त कारोबार गरेका सदस्य प्रकाश बहरदारलाई राहत उपलब्ध गराएको हो ।

लघुवित्तले उनको परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ता कपडा लगायत सामाग्रि राहत स्परुप प्रदान गरेको जनाएको छ । बुधबार दिउँसो सोलार प्यानलको बिजुली सर्किट सट भइ आगलागी हुदाँ करिब १० लाख बराबरको क्षति भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*