वार्षिक औद्योगिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२१’ सम्पन्न

३ मंसिर २०७८, शुक्रबार १३:०९

काठमाडौं । ‘डाइभ इन्टु डिजिटल’ थिममा ह्वावे नेपालले कात्तिक ३० गते आफ्नो वार्षिक औद्योगिक कार्यक्रम ह्वावे कनेक्ट २०२१” सम्पन्न गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा आइएसपी क्षेत्रका आइसिटी उद्योगका सरोकारवालाहरु, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका प्राध्यापक र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम समापन भएको हो । ह्वावेले उक्त कार्यक्रममा मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार एनर्जी, क्लाउड सेवा र फाइभजी जस्ता प्रविधिहरूको व्यावहारिक एप्लिकेशनहरूको छफलल गरेको थियो ।

सोही कार्यक्रममा ह्वावेका अन्तर्राष्ट्रिय वक्ताहरु र नेपालमा रहेका ह्वावेका व्यापारिक साझेदारहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले स्वागत मन्तव्य व्यक्त गर्दै महामारीको अवधिमा विश्वभरका सबै व्यक्तिका लागि डिजिटल प्रविधि र कनेक्टिभिटी आवश्यक भएको र उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा प्रकाश पारे । चङचुनले डिजिटल प्रतिभा विकास गर्ने नेपालको क्षमतामा ठूलो विश्वास व्यक्त गर्दै यस क्षेत्रको डाटा सेन्टर हबको रूपमा नेपाल अघि बढ्ने आशा समेत ब्यक्त गरे ।

साथै कार्यक्रममा बोल्दै सहसचिव दत्तले भरपर्दो र व्यापक डिजिटल कनेक्टिभिटीको आवश्यकता र महामारी पछिको पुनः प्राप्तिको लागि डिजिटल डिभाइडलाई जोड्न आवश्यक रहेको कुरामा जोड दिए । उनले महामारीको समयमा पनि फोजी विस्तारमा ह्वावेको भूमिकालाई लिएर ह्वावेको प्रशंसा गरे ।

कार्यक्रममा ह्वावेले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ् (आइओई)सँगको सहकार्यको औपचारिक सुरुवात गरेको थियो । आफ्नो डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम पहल अन्तर्गत, ह्वावेले आगामी ५ वर्षमा १०,००० डिजिटल प्रतिभाहरू विकास गर्ने आशा राखेको छ । आइओईसँग सहकार्य गर्दै ह्वावेले ह्वावे नेपाल आइसिटी एकेडेमी, एक अत्याधुनिक आइसिटी ल्याब निर्माण गरि विद्यार्थीहरूको पहुँच नवीनतम प्रविधि र ह्वावेका सर्टिफिकेशन कार्यक्रमहरूसम्म हुने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*