स्टयाण्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २८ गते हुने, १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

३ मंसिर २०७८, शुक्रबार ०८:३७

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालले बार्षिक साधारणसभा यही मंसिर २८ गते आह्वान गरेको छ । बैंकले आफ्ना शेयर लगानीकर्तालाई दिन प्रस्ताव गरेको १३.०६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने लगायतका अन्य नियमित एजेण्डा राखेर बैंकले साधारणसभा आह्वान गरेको हो ।

बैंकले कूल चुक्ता पुँजिको ३.०६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर लाभांशश बापत वितरण गर्ने प्रस्ताव अघि बढाएर केन्द्रीय बैंकले अनुमति समेत पाइसकेको छ । बैंकको साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्नेछन् । सभामा बार्षिक प्रतिवेदन पारितका साथै नयाँ पुँजी संरचना अनुसार प्रबन्धपत्र र नियावली संशोधन हुने छ । अन्य खासै एजेण्डा छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*