थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मूत्यु

२ मंसिर २०७८, बिहीबार १८:१०

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १० हजार १०६ जनामा पीसीआर परीक्षण गर्दा ३६३ जनामा र १ हजार ८८७ जनामा एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मूत्यु भएको छ भने २०२ जना संक्रमणमूक्त भएका छन् । हाल देशभर ७ हजार ६३६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*