बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन

२ मंसिर २०७८, बिहीबार १६:४२

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश नराखेको कारण बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
यो निर्देशन जारी भएसँगै प्रत्येक बीमकले केन्दि«य /प्रादेशिक कार्यालय लगायत सम्पूर्ण शाखा/उपशाखा /एक्सटेन्सन काउन्टरहरुमा पत्र प्राप्त भएको एक महिनाभित्र नाम पेटिका साईन (बोर्ड)मा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त वाक्यांश राख्नुपर्ने बीमा समितिले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*