आइएमई डबलको डबलको डबल अफरको विजेता दाहाललाई १२ लाख रुपैयाँ हस्तान्तरण

२ मंसिर २०७८, बिहीबार १५:५०

काठमाडौं । आइएमईले २०७८ का चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘आइएमई डबलको डबलको डबल’ अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ ।

लक्की ड्र मार्फत सार्वजनिक गरेको नतिजामा आइएमई सेवाग्राही दोलखाका जियेश दाहाललाई भाग्यशाली विजेता घोषण गरेको हो । विजेता वापत उनलाई १२ लाख १२ हजार ४६४ रुपैयाँ हस्तान्तरण गरीएको हो । अन्य विजेता मुनाल क्षेत्रीलाई ८६ हजार र लोकमाया क्षेत्रीलाई ४३ हजार रुपैयाँ प्रदान गरीएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्धय दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रुपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरी भाग्यशाली विजेता छनोट रहेको आइएमईले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*