गरिमा विकास र सहारा विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति

२ मंसिर २०७८, बिहीबार १५:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरिमा विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेडको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित भए भएको थियो । सोहीअनुसार नेपाल राष्ट्र बैंकको मंसिर १ गतेको पत्रानुसार प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति प्राप्त भएको हो ।

स्वीकृति प्राप्तपश्चात सहारा विकास बैंकको प्राप्ति हुने दिनसम्म कायम रहेको सम्पूर्ण चलअचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु गरिमा विकास बैंकले ब्यहोर्नेछ । साथै प्राप्तीपश्चात गरिमा विकास बैंकको नामबाट कात्तिक २८ गतेदेखि नै एकिकृत रुपमा कारोबार सुरु भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*